यतिबेला सबै स्थानीय तहहरू आगामी आर्थीक वर्षको बजेट र नीति तथा कार्यक्रमको निर्माणमा जुटेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनबाट आएका जनप्रतिनिधिहरूले ल्याउन लागेको यो अन्तिम बजेटसमेत भएकाले पनि जनप्रतिनिधिदेखि स्थानीयसम्म अब आउने बजेट प्रति आशावादी देखिन्छन् ।
कोरोनाले स्थानीयको जनजिवनमा पारेको असर र रोजगारीको क्षेत्रमा पारेको प्रभावलाई अब आउने बजेटले सम्बोधन गर्नेमा स्थानीयहरू ढुक्क देखिन्छन् ।
यसै सन्दर्भमा हामीले पालिका खबरको ओपन ब्यालटमा ‘आगामी बजेट तथा नीति तथा कार्यक्रममा तपाईंको पालिकासँग के अपेक्षा छ ?’ भनेर पाल्पा, कपिलवस्तु र रुपन्देहीबासीलाई सोधेका छौँ ।
के भन्छन् त उनीहरूः