आफ्ना पालिकाबासीको जिवन रक्षाका लागि यतीबेला धैरै जसो पालिकाहरु संघ सरकारको भरपर्नु भन्दा पनि विकास बजेट कटाएर भएपनि आफै कोरोनाविरुद्धको खोप किन्न तम्सीएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिकाले सुरु गरेको यो अभियान अहिले देशका सबैजसो पालिकासम्म पुगेको छ । ‘यदी सरकारले अनुमति दिने हो भने हामी आफै खोप किनेर लगाउन सक्छौँ’ भनेर देशका अधिकांश पालिकाले सरकारलाई पत्रसमेत पठाइसकेका छन् ।
तर, स्थानीय तहलाई कोरोनाविरुद्धको खोप किन्न दिने कि नदिने भन्ने विषयमा सरकार आफै अन्यौलमा छ यतिबेला ।
संवैधानिक रुपमा कोरोना जस्तो माहामारी नियन्त्रणको अधिकार संघ सरकारलाई छ । त्यसैले पनि संघ सरकारको क्षेत्राधिकारभित्रको काम गर्न स्थानीय सरकारलाई मिल्ने कि नमिल्ने भन्ने प्रश्नसमेत उठेको छ ।
यहि विषयमा केन्द्रित रहेर हामीले सुर्खेत र उदयपुरबासीलाई स्थानीय सरकारलाई कोरोनाविरुद्धको खोप खरिद गर्न दिनहुन्छ वा हँदैन भनेर सोधेका छौँ ।
के भन्छन् त उनीहरु: