नेपाल सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि अन्तर्राष्ट्रिय सहयोग लिने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब दुई अर्ब ५४ करोड रुपैयाँ र नर्वे सरकारबाट करिब दुई अर्ब ५७ करोड रुपैयाँ प्राप्त हुनेछ ।