close

न्युयोर्कले फेरि त्यती चर्चित मेयर पाउँला ?

न्युयोर्कले फेरि त्यती चर्चित मेयर पाउँला ?

Trulli
न्युयोर्कका पूर्व मेयर फियोरेलो ला गार्डिया
ADVERTISEMENT

काठमाडौं– १९९० को दशकको सुरुवातमा इतिहासविद् मेलविन होलीले ‘अमेरिकाका ठूला शहरका मेयरहरु’ नामक किताब लेखेर समस्याका समाधानको उपाय खोजेका थिए । तर पनि न्युयोर्क र फिलाडेल्फिया जस्ता शहरको शासन गर्नु अमेरिकाकै सबैभन्दा महत्वपूर्ण राजनीतिक जिम्मेवारीमध्ये एक हो । तर न न्युयोर्कसँग विद्वान मेयर थिए न त मेयरले गरेका कामलाई राष्ट्रपतिको जसरी मुल्यांकन गर्ने विधि नै थियो । यसको लागि मध्य शताब्दीको शिक्षाविद्हरुले केही सहज बनाइदिए । जीवनीकार, समाजशास्त्री र शहरका विषयमा जानकार विज्ञहरु तथा विशेष अनुसन्धान विधिअनुसार होलीले अमेरिकाको इतिहासमा फियोरेलो ला गार्डिया (सन् १९३३ देखि १९४६ सम्म) उत्कृष्ट मेयर भएको निश्कर्ष निकाले । 

इतिहासविद् होलीको उत्कृष्ट सूचीमा अन्य कुनै पनि मेयर अटाउन सकेनन् बरु तीन जना मेयर सबैभन्दा असफल मेयरको सूचीमा समावेश भए । 

संयुक्त राज्य अमेरिकाको राजधानीसमेत रहेको न्युयोर्क शहरको व्यवस्थापन गर्न मुस्किल रहेको भनेर कुख्यात समेत छ । यहाँको वास्तविक समयमा कुन मेयर सफल भए ? भनेर सफलता मापन गर्न पनि जटिल छ । पछिल्ला समयका न्युयोर्कका मेयरहरू चर्चित छन् की छैनन् भनेर निर्धारण गर्नु सामान्यजस्तो देखिन्छ । तर यो देखिए जस्तो सजिलो छैन । गत वर्षको जुनको अन्त्यतिर भएको मतदानमा न्युयोर्कका आधाभन्दा कम जनसंख्याले एडिक एडम्सको पक्षमा मत राखेका थिए । ४६ प्रतिशत मतदाताले उनले गरेको काम राम्रो छ भनेका थिए । तर डिसेम्बरसम्म आइपुग्दा उनको पक्षमा रहेका मानिसको संख्या चार अंकले घट्यो । 

यसको ठीक विपरित बिल डे ब्लासियो (सन् २०१४ देखि २०२१ सम्म) मेयर हुँदा उनको गैरजिम्मेवार बानी, व्यक्तित्व नभएको भनेर आलोचना हुने गर्थ्याे तर उनको नकारात्मक चर्चा जति हुन्थ्यो उनले आफ्नो कार्यकालमा राम्रो काम पनि धेरै गरिरहेका थिए । उनलाई पुँजीवादी वर्ग र व्यापारी वर्गले बासी र बिग्रिएको खानेकुरालाई जस्तै अस्वीकार गरिरहेका थिए । तर पनि उनले आफ्नो कार्यकालको १८ महिना बित्दा ५८ प्रतिशत जनता आफ्नो समर्थनमा पाएका थिए । ८१ प्रतिशत काला जातीका मतदाताले उनीप्रति सकारात्मक धारणा राखेका थिए । 

यता न्युयोर्कका वर्तमान मेयर एडम्सका राम्रो पक्षभन्दा उनीमा भएका समस्याहरूले ठूलो ठाउँ ओगटेको छ ।  उनी भिजन नभएका, पूर्व विद्यालय शिक्षाका लागि उचित कदम नचालेका, कर्मचारीहरुको लागि समान व्यवहार नभएका, सानो सोचको मान्छे र सत्य कुरालाई बिगार्ने अनौठो बानी रहेको आरोप खेप्दै आएका छन् । उनको गैरजीम्मेवारीपनले समाचारका शिर्षकहरु पनि ‘एरिक एडम्पस वास्तवमा कहाँ बस्छन्?’ जस्ता आउने गर्थे । उनले अपुरो कागजी कामको दोष समेत आफूले जिम्मा नलिएर लेखापालको टाउकोमा थुपारिदिएका थिए । जुन पत्याउन गाह्रो र भ्रामक लाग्थ्यो । 

उनका यी र यस्तै किसिमका कमीकमजोरीले मतदाताहरूमा उनीप्रति विश्वास घट्नु स्वभाविक हो । यसले मतदातालाई सन् २०२५ मा न्युयोर्कको मेयर पदमा नयाँ अनुहार खोज्न प्रेरित गर्न सक्छ । न्युयोर्क बासीले सबैका लागि प्रेरणादायी बन्न सक्ने मेयर खोजिरहेको सत्यलाई नकार्न सकिँदैन । उनीहरुको आकांक्षालाई सम्झौता गरेर आधा जनताको रोजाइको मेयरले काम चलाउनुपर्ने पनि हुनसक्छ । 

न्युयोर्कको पछिल्लो राजनीतिक अवस्थाले कुनै पनि व्यक्तिलाई व्यापक समर्थन र माया मिल्न मुश्किल देखिन्छ । ला गार्डीया र एड कोचले पहिलो कार्यकालमा पाएको समर्थनलाई अहिलेको समयमा कल्पना गर्नसमेत मुश्किल अवस्था आएको छ । पछिल्लो दश वर्षमा मेयरहरूले ५० प्रतिशतका आसपासमा मात्र उनीहरुले गरेको कामको लागि समर्थन पाएका छन् । 

तत्कालिन मेयर माइकल ब्लूमबर्ग (सन् २००२ देखि सन् २०१३ सम्म)ले आफ्नो कार्यकालको सुरुवाती चरणमा ३१ प्रतिशत मात्र स्वीकृति दर पाएका थिए । २००८ को आर्थिक मन्दीको काममा उनले गरेको कामका कारण उनले ७५ प्रतिशतसम्म जनताको समर्थन पाएका थिए । जुन उनको कार्यकालको पछिल्ला वर्षमा फेरि घट्न पुगेको थियो । 

५० प्रतिशत समर्थनको बिन्दुलाई पार गर्न अहिले धेरै मुश्किल रहेको लामो समयदेखि न्युयोर्कको राजनीतिक सल्लाहकार रहेका जर्ज अर्जट बताउँछन् । उनको अनुसार मतदाताहरु विभाजित भएका कारण पनि सो बिन्दुलाई पार गर्न अहिलेका न्युयोर्कका मेयरलाई मुश्किल छ । लिबरल रिपब्लिकन भएका नयाँ सम्झौतालाई समर्थन गरेका कारण ला गार्डीयानले फरक निर्वाचन क्षेत्रका मानिसहरुसँग जोडिएको भएकाले उनले राम्रो शासन गर्न सकेका सक्थे । तर त्यहाँ त्यस्तो सोचाई राख्ने निर्वाचन क्षेत्रहरु पनि कम थिए । 

तर पार्टीको तीक्ष्ण आइडिओलोजीको अभावमा पार्टीलाई बोझ परिरहेको थियो । उत्तरपूर्वी प्रजातान्त्रिकहरु श्रमिक आन्दोलनका कारण एकताबद्ध भएका थिए । ला गार्डियाले जियुज र प्रोजेस्टेन, उत्तरी युरोप र दक्षिण युरोपका आप्रवासीसँग समालेर काम गर्नुपरेको थियो । तर त्यो समयमा अहिलेजस्तो न्युयोर्क ६०० भाषा बोलिने शहर भने थिएन । सन् १९६० देखि २००० सम्म न्युयोर्कमा आउने आप्रवासीको संख्या दश गुणा बढेर ११ लाख पुगेको थियो । 

न्युयोर्कका वर्तमान मेयर एरिक एडम्सको समर्थक र अधिकांश मानिसहरुले हिंसात्मक र घृणात्मक अपधारहरुको घटना घट्दै गएको भन्दै प्रशंसा गर्ने गरेका छन् । गोली चल्ने घटनाहरु २५ प्रतिशतले घटेको छ । ‘मान्छेहरु मेयरको भिजन खोजिरहेका छन् जस्तो मलाई लाग्दैन । उनीहरु मारिन नपरोस् भन्ने चाहन्छन्,’ बैंकर, परोपकारी तथा एडम्सका समर्थक एलन फिशम्यानले भने । 

इमान्दारिता र कर्तव्यप्रति प्रतिवद्धताले जनताको विश्वास जित्न सफल भइन्छ । एडम्सको नीतिको बारेमा जति सोचे पनि माइकल ब्लूमबर्गको न्यूयोर्क प्रतिको भक्ति भावनामाथि शंका गर्न गाह्रो थियो । एडम्स र डे ब्लासियोलाई ठीक विपरित स्वभावका रुपमा चिनिन्छ । तर आफ्नो प्रचारप्रसारको लागि आफ्नै नामको बजारीकरण गर्ने भने उनीहरु दुबैजनाको समान विशेषता हुन् । ( केही समयअघि डे ब्लासियो र उनी श्रीमती चिर्लेन म्याकक्रेले ‘द टाइम्स’मा आफूहरुको सम्बन्ध विच्छेदको विषयमा दिएको लामो र मुडी अन्तर्वार्ता दिएका थियो । यसले आफ्नो प्रचारप्रसारको मोह उनमा थियो भन्ने प्रमाणित हुन्छ । यो समाचार तीन लाइनको प्रेस रिलिजबाट पनि सार्वजनिक गर्न सकिन्थ्यो ) 

डे ब्लासियो न्युयोर्कको मेयर भएदेखि नै राष्ट्रिय व्यक्तित्व बन्नको लागि कोशिस गरेकै हुन् । उनी राष्ट्रपतिको पछि दौडिएर शहरमा अनुपस्थित हुन्थे । उनी जति दौडिएपनि उनको चर्चा त्यतिधेरै हुन सकेन । पहिलेका मेयरका उच्च शैलीका गुटहरूसँग संलग्न हुने तीब्र चाहना झै एडम्सले पनि कार्यकालको पहिलो हप्तादेखि नै उनले आफ्नो ‘स्वागर’ देखाइरहेका छन् । 

तर न्युयोर्कका मेयरहरू उच्च पदमा जान सकेको घटना निकै इतिहासमा निकै कम छ । त्यसैले न्युयोर्कका मेयरले क्षणिक नाम कमाउनको सट्टामा राम्रो काम गरेर आफ्नो विरासत टिकाउन जरुरी छ । 

(न्यूयोर्क टाइम्समा प्रकाशित माथिको समाचारलाई  पालिकाखबरकर्मी रञ्जिता उप्रेतीद्वारा नेपालीमा अनुवाद अंश। )