काठमाडौं । अमेरिकाको दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबारसम्म फ्लोरिडामा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ।
फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी "राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको एक हुन सक्छ" भन्दै यसबाट भएको विनाशको पुनर्निर्माण गर्न महिनौं वा वर्ष लाग्ने बताएका छन्।
शक्तिशाली आँधीले बुधबार दक्षिण-पश्चिम फ्लोरिडाका थुप्रै घरहरू ध्वस्त पारेको छ भने विद्युत् अवरुद्ध भएको छ।