बङ्गलादेशको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा डुङ्गा पल्टिएको हो ।
"अहिलेसम्म महिला र बालबालिका सहित १६ जनाको शव निकालिएको छ," पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयले सिन्ह्वालाई बताएका छन् ।
घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।