काठमाडौं । कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।
४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले बताए ।
त्यस डुङ्गामा सवार १८ जनाको मात्र उद्धार गरिएको जनाइएको छ ।