काठमाडौं । फ्रान्सको राजधानी पेरिसको दक्षिण क्षेत्रमा अवस्थित गिज्नीका मेयर हुन्, फिलिप रिओ । गिज्नी सन् २०२० मा भएको एक ‘असमानताको परीक्षण’को सर्वेक्षणमा फ्रान्सकै सबैभन्दा गरिब सहर ठहरिएको थियो । सर्वेक्षणअनुसार गिज्नी सहरका आधा जनसंख्या गरिबीको रेखामुनि थिए ।
तर, अहिले यस सहरमा धेरै सकारात्मक परिवर्तन भएका छन् । यहाँको मेयर फिलिप रिओले सिटि मेयरर्स फाउण्डेसन र वर्ल्ड मेयर प्रोजेक्टबाट संसारकै उत्कृष्ट मेयरको उपाधि हात पारेका छन् ।
ग्राीज्नी सहर विभिन्न आतङ्कका घटनामा जोडिएर मिडियाको नजरमा पर्ने गर्थ्यो । जस्तै २०१५ मा हाइपरक्यासर कोसेर सुपर मार्केटमा भएको आक्रमणकारी ग्रिज्नीका रहेको भन्दै संसारभरिका मिडियामा समाचार आएका थिए ।
यस्ता तितो समाचारको श्रोत बनेको गिज्नी सहरको मेयरले संसारकै सर्वोत्कृष्ट मेयरको उपाधि पाएर सुखद् समाचार दिएको छ ।
‘यो गिज्नीवासी सबैको साझा उपाधि हो । कोभिड-१९ को महामारीको बेलामा पनि मानवअधिकारदेखि स्वास्थ्य, सामाजिक, आर्थिक गिरावटको बेलामा पनि हिम्मत नहारीकन प्रेरणा दिने सबैको साझा उपलब्धि हो,’ राओले भने ‘नि:शुल्क मास्क वितरण गर्ने म थिइनँ, वृद्ध मानिसको दिनरात नभनी सेवा गर्ने पनि म थिइनँ । यो त कर्मचारी, जनप्रतिनिधि, आपतकालीन समयमा सहयोग गर्न तम्तयार भएर बसेकाहरूको देनको प्रभाव हो ।’
ग्रिज्नीले मानवअधिकार र गरिबीको कारक तत्वविरुद्धको लडाइलाई पहिलो प्राथमिकतामा राखेको छ । रिओको जन्म २६ अगस्टमा भएको हो । यही दिनमा फ्रान्स क्रान्तिको परिणामस्वरूप सन् १७८९ मा आम नागरिकको अधिकारको लागि ‘ राइट्स अफ म्यान एण्ड अफ दि सिटिजन’ को घोषणा भएको थियो । नागरिकले अधिकार भएकै दिन जन्मदिन भएकाले आफ्नो जीवनमा मानवअधिकारको स्थान महत्त्वपूर्ण रहेको समेत दावी गर्छन् ।
‘मानव अधिकारको भूमि, संसारको पाँचौ ठुलो अर्थतन्त्र रहेको देश हो फ्रान्स । यस्तो देशको स्थानीय तहले जनताको अधिकार हनन गरिरहेका स्थानीय र समाज विभाजनको परिवेशलाई पहिल्याइ चुनौती दिन सक्नुपर्छ ।’ उनी थप्छन्, ‘हामी स्थानीय सरकार हौँ । हाम्रो काम भनेको नगरपालिकाको नीतिलाई बलियो बनाएर राज्यका अन्य स्थानीय सरकारसँग झन् राम्रो बन्नको लागि प्रतिस्पर्धा गर्नु हो ।’
२०२० मा सारा संसार कोभिड-१९ को प्रकोपले गुज्रन बाध्य भएको महसुस गरिरहेको थियो । तर त्यस बखत रिओको स्थानीय सरकारले भने कोभिड-१९ का कारण आफ्नो सहरमा मात्र नभई सहर र देशमा समेत सामाजिक र आर्थिक अभाव भएको महसुस गर्यो । जसले झन धेरै असहाय र गरिब मानिसहरूलाई जन्मायो ।
‘हामीले तत्काल गरिबीसँग लड्न सक्ने योजना बनायौँ । गरिबी मात्र नभई महिनावारीको समयमा हुने जोखिम कम गर्ने उपाय निकाल्यौँ । गरिबी बाल्यकालबाटै सुरु हुन्छ र त्यसले विद्यार्थी जीवनभरि पछ्याइ रहन्छ । त्यसैले प्राथमिक विद्यालयमा नि:शुल्क खाजा वितरण गर्यौँ , ’ रिओले भने ।
फ्रान्समा वृद्धा भत्ताको सुनिश्चितता गरिए पनि कतिपय वृद्धहरूले पाएका छैनन् । उनीहरू झन् धेरै गरिबीको चपेटामा परेका छन् । यसको ठोस समाधानको लागि हामीले अन्तर पुस्ता दृष्टिकोणको योजना अपनाएका छौँ । हामीले ‘२०२१/२२ समाधान’ योजनाका धेरै योजना लागू समेत गरिसकेका छौँ । लागू गरिएका योजनाका परिणामको मूल्याङ्कन गर्न बाँकी रहे पनि हामी २०२२ को लागि नयाँ योजना बनाइरहेका छौँ ।’
रिओ आफ्नो मानवअधिकारसम्बन्धी कार्यको श्रेय आफू अध्यक्षसमेत रहेको सामाजिक समावेश समिति, प्रजातन्त्र तथा मानव अधिकारमा सहभागी रहेका स्थानीय सरकारलाई दिन चाहन्छन् । यी सरकार स्थानीय, भौगोलिक र नगर सरकार र तिनीहरूको पक्षको हिसाबले सबैभन्दा ठूलो सञ्जाल हुन् ।
‘मानवअधिकारसम्बन्धी कार्य प्रेरणादायी बनेको छ । यसले हाम्रो सोचाइ र गराइलाई नवीकरण गराएको छ । आज गिज्नी नयाँ आविष्कार र नयाँ सामाजिक नीतिको लागि प्रयोगशाला बनेको छ । थोरै रकम जम्मा गरेर जनशक्तिको विकास र मानवअधिकारको सम्मान गर्नका लागि व्यवस्थापन गरेका छौँ,’ रिओ भन्छन् ।
दुई वर्ष अघि उनले गरिबी न्यूनीकरण गर्नका लागि मानवअधिकार र कर्तव्यका ठोस योजना बनाए । गरिबीको रेखामुनी रहेका मानिसलाई मानवअधिकारको पाउन धेरै कठिन रहेको उनले महसुस गरेका छन् ।
‘कुनै पनि तालिम नलिएका व्यक्तिहरू लक्षित रहेर हामीले शिक्षा र श्रमको अधिकारसम्बन्धी तालिम विकास गर्यौं । नागरिकलाई शिक्षित बनाउनका लागि गरेको अभियानमा यस्ता तालिम दिन जरुरी हुन्छ ,’ उनले भने ‘हामीले महिलालाई नि:शुल्क महिनावारीका लागि आवश्यक सामाग्री र गाइनोकोलोजिस्टलाई भेट्न सहज बनाउनका लागि अल्ट्रासाउण्डका लागि अनुदान खोज्यौँ । जुन हरेक महिलाको अधिकार हो ।’
हामीले मानवअधिकार प्रदान गर्नका लागि पहिलो कदम नै चाल्नुपर्यो किनभने गरिबीका कारण यहाँका जनताको मानवअधिकारबाट धेरै टाढा रहेका छन् ।’ उनी थप्छन् ‘ हामीलाई आफ्नो यथार्थ थाहा छ । तर, हामीले कति मानवअधिकार प्रदान गर्न सक्यौ भनेर तत्काल मापन गर्न सक्दैनौँ । यसको लागि अझ धेरै समय चाहिन्छ । ’
रिओ फ्रान्स गरिबीका कारण भएका क्रान्तिहरूको भुक्तभोगी रहेको सम्झन्छन् । विगतका शताब्दीमा समानताका लागि भएका विभिन्न क्रान्ति भए पनि अहिले फ्रान्सले ति क्रान्तिले चाहेको समानताको अर्थ भुल्दै गएका होकी भन्ने शंका व्यक्त गर्छन् उनी ।
रिओ ग्राीज्नीमा फ्रान्सका अन्य सहरमा जस्तै ५० प्रतिशत ३० वर्षभन्दा कम उमेरको जनसंख्या रहेको औँल्याउँदै उनीहरूले भावी समयमा देशको प्रतिनिधित्व गर्ने औँल्याउँछन् । तर १५ प्रतिशत युवाहरू फ्रान्सका विभिन्न ग्रामीण क्षेत्रमा पिछडिएका छन् । ति पिछडिएका युवाहरूलाई अवसर दिई सफल बनाउन सकेमा मात्र फ्रान्सको भविष्य राम्रो हुने रिओको धारणा छ ।
छालाको रङ, धर्म र पहिचानको आधारमा हुने विभेदले हामीलाई कहिल्यै पनि चाहिए जस्तो भविष्य दिन सकेन । त्यसैले मैले सहकर्मी साथीहरूसँग मिलेर राष्ट्रिय परामर्श केन्द्रको स्थापना गरेको छु । जसले फ्रान्सको इतिहासमा नै सकारात्मक प्रभाव छाड्ने छ ।’ उनले भने ।
रिओले हालसालै फ्रान्स सरकारलाई स्वास्थ्यमा पहुँच र सामाजिक परिवर्तनका लागि युवाहरूलाई खेलकुदमा पहुँच पुर्याउने प्रस्ताव राखेको छ । २०२४ मा हुने पेरिस ओलम्पिकमा आफ्नो सहरले पहिचान बनाउने आशाको साथमा यो प्रस्ताव उनले अघि सारेका हुन् ।
अनुवाद : रञ्जिता उप्रेती/पालिका खबर
स्रोत : संयुक्त राष्ट्रसंघ