कोलम्बियाको एक कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ जना कैदी बन्दीको मृत्यु भएका छ ।
भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारगारमा कैदीले नै जेलमा आगो लगाएको र भाग्ने प्रयासमा ४९ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
आगो लागेपछि भाग्ने क्रममा क्रममा उक्त दुर्घटना भएको हो । घटनामा ४० जनाभन्दा बढी घाइते भएको अलजजिराले उल्लेख गरेको छ ।
राष्ट्रपति इभान ड्यूकले मृतकका आफन्तजनप्रति सहानुभूति प्रकट गरेका छन् । ‘जेलमा भएका घटनाप्रति खेद व्यक्त गर्दछौं’, उनले भनेका छन् ।
ल्याटिन अमेरिकामा कारागारमा बारम्बार झडप हुने गरेका छन् । कोलम्बियाको छिमेकी इक्वेडरमा सन् २०२१ को सुरुदेखि भएका झडपमा झन्डै ४०० कैदी मारिएका छन् ।