नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ ।
घटनामा १० जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
गोलाबारी त्यहाँको लोकप्रिय समलैंगिक बार 'लन्डन पब'मा भएको रोयटर्सले जनाएको छ ।
"मैले एक जना मानिसलाई झोला लिएर आएको देखें, उसले बन्दुक उठायो र गोली हान्न थाल्यो," एक प्रतक्ष्यदर्शीले भने ।
रोयटर्सका अनुसार, एक संदिग्धलाई नजिकैबाट पक्राउ गरिएको छ ।
आक्रमणको उद्देश्य के थियो भन्ने स्पष्ट भइसकैको छैन ।
ओस्लोले शनिबार वार्षिक प्राइड परेड आयोजना गर्ने कार्यक्रम छ ।