इरानको दक्षिणपूर्वको जेलमा रहेका १२ जना कैदीलाई सामूहिक मृत्युदण्ड दिइएको छ ।
मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११ पुरुष र एक महिलालाई सोमबार मृत्युदण्ड दिइएको हो ।
उनीहरुलाई अफगानिस्तान र पाकिस्तानसँगको सिमाना नजिक रहेको सिस्तान–बलुचेस्तान प्रान्तको जाहेदानको मुख्य जेलमा फाँसी दिइएको नर्वेस्थित इरान मानव अधिकारले (आईएचआर) ले उल्लेख गरेको छ ।
सामूहिक मृत्युदण्ड दिइएका १२ जनामध्ये ६ जनालाई लागुऔषध र बाँकी ६ जनालाई हत्याको अभियोग लगाइएको थियो ।
तर, मृत्युदण्डको घटना इरानी सञ्चार माध्यम तथा सरकारी अधिकारीहरूले भने पुष्टि गरेका छैनन् ।