काठमाडौं । दिल्ली सरकारका स्वास्थ्यमन्त्री पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका हुन् ।
जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका हुन् । उनी सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए ।
केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।