एजेन्सी- सिरियाको राष्ट्रपति पदकामा बसर अल असद पुनः निर्वाचित भएका छन् । दुई दिन अघि भएको मतदानबाट असद नै पुनः राष्ट्रपतिमा निर्वाचित भएका हुन ।
सिरियाको संसदले बिहीबार असद पुन सिरियाको राष्ट्रपतिमा निर्वाचित भएको जनाएकाे छ ।
यस पटकको निर्वाचनमा असदले प्रतिद्धन्द्धीहरुको तुलनामा अत्याधीक मतका साथ बीजयी भएका हुन् । बसर अल असदको ९५.१ प्रतिशत मत आएको सिरियाको संसदले घोषणा गरेको छ ।
सिरियामा अहिले पनि सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रहरुमा मात्र मतदान भएको बताएको थियो । खासगरी सिरियाको राजधानी र सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुबोहकका क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो ।
सिरियाको राष्ट्रपतिमा असदको यो चौथो कार्यकाल हो । सिरियाको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुनेछ ।