सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिकाले मौसमी कामदार कोरिया पठाउने भएको छ । जसका लागि नगरपालिकाले दक्षिण कोरियाको एक कम्पनीसँग सम्झौता गरेको छ ।
काठमाडौँमा एक कार्यक्रमबा बीच कम्पनीका नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङबु शेर्पा र कोरियाली कम्पनी दोङबाङ डिएस सिस्टम लिमिटेडका सिइओसँग सम्झौता गरेका हुन् ।
मौसमी कामदारमा कोरिया जानका लागि कामदार नगरपालिका भित्रका हुनुपर्ने सम्झौतापत्रमा उल्लेख छ । उक्त सम्झौताले स्थानीय कृषि क्षेत्रको विकास गर्न साथै आर्थिक वृद्धि गर्नका लागि ठूलो सहयोग पुग्ने नगरप्रमुख शेर्पाको भनाइ छ ।
मौसमी कामदारको रुपमा गएका कामदारले कोरियामा ८ महिना काम गर्न पाउने व्यवास्था छ ।