हुम्ला– नाम्खा गाउँपालिकाले करार पदमा कर्मचारी माग गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै करार पदमा ५ जना कर्मचारी माग गरेको हो ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा सूचना प्रविधि अधिकृत १ जना, कृषि स्नातक अधिकृत स्तर छैठौ तह १ जना, मिस अर्पेटर १ जना, सब ईन्जिनियर पाचौँ तहमा १ जना र सामाजिक परिचालक १ जना गरी ५ जना कर्मचारी माग गरेको जनाएको छ ।
इच्छुकले २१ दिनभित्रमा आवश्यक कागजात र दस्तुरसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।