गुल्मी– रेसुङ्गा नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै ३ जना कर्मचारी माग गरेको हो ।
नगरपालिकाले छैठौ तहको पशु चिकित्सक (भेटेरीनरी) १ जना, अनमी सहायक १ जना र नगर प्रहरी सहायक निरीक्षक १ जना गरी ३ जना कर्मचारी माग गरेको हो ।
इच्छुकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।