काठमाडौं- काठमाडौं महानगरपालिकामा २७ जना मेडिकल अधिकृत र ५ जना खाद्य विज्ञका लागि करारमा जागिर खुलेको छ ।
शनिबार महानगरपालिकाले एक सूचना जारी गर्दै शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा मेडिकल अधिकृतको लागि एमबीबीएस उतीर्ण गरेका जनशक्ति माग गरेको हो ।
यस्तै महानगरले सञ्चालन गर्न लागेको ल्याबको लागि खाद्य विज्ञ माग गरेको छ । महानगरपालिकाले सातौं तहको माइक्रोबाइलोजिस्ट २ जना, फुड टेक्नोलोजिस्ट ३ जना मागेको हो ।
महानगरले खाद्य निरीक्षकहरु राखेपछि मासु र खाद्य पदार्थको पसल नियमित अनुगमन गर्ने जनाएको छ ।