डोल्पा– डोल्पोबुद्ध गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आवमा ६० जनालाई रोजगार दिने भएको छ । पालिकाले प्रधानमन्त्री रोजगार केन्द्रअन्तर्गत ६० जना बेरोजगार युवालाई रोजगार दिने भएको हो ।
गत आर्थिक वर्षमा गाउँपालिकाले ६४ जना बेरोजगार युवालाई रोजगारी दिएको पालिकाको रोजगार संयोजक अरुणकुमार दासले पालिका खबरलाई बताए । उनकाअनुसार गाउँपालिकाले सिँचाई, भवन निर्माण, घेरबार, चर्पी निमार्ण, आलु खेती गर्नेलगायतबाट रोजगारी दिँदै आएको छ ।
गाउँपालिका हिमाली भाग भएकोले अध्याधिक चिसो हुने र योजना सञ्चालन गर्न समस्या हुने उनको गुनासो छ । गाउँपालिकामा निर्माण सामान ढुवानी गर्न एकदमै अप्ठ्यारो हुने भएकाले खर्च धेरै हुने गरेको संयोजक दासले बताए । उनले भने, ‘नयाँ वर्षदेखि दशैसम्म जसोतसो काम गरिन्छ त्यसपछि हिमपातले काम गर्नै गाह्रो हुन्छ ।’
उनका अनुसार जिल्लामासमेत सवारी साधन पुगेका छैनन् । जसले गर्दा निमार्ण सामाग्री लिन घोडा, हेलिकप्टर र मान्छे नै प्रयोग गर्नुपर्ने उनले बताए । यातायातको पहुँच नभएको ठाउँमा कार्यक्रम चलाउनु गाउँपालिकाको लागि ठूलो च्यालेन्ज भएको उनको भनाइ छ । पालिकाले रोजगार केन्द्रलाई ९ लाख वजेट विनियोन गरेको छ ।