close

७९ जनालाई रोजगारी दिँदै गढी गाउँपालिका

७९ जनालाई रोजगारी दिँदै गढी गाउँपालिका

Trulli
ADVERTISEMENT

सुनसरी– गढी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ७९ जनालाई रोजगारी दिने भएको छ । गाउँपालिकाले पालिकाको सार्वजनिक काममा साँझेदारी गरेर वपन्न नागरिकलाई रोजगारी उपलब्ध गराउन लागेको हो । 

मठ मन्दिर निर्माण, विद्यालयको भवन निर्माण तथा मर्मत, कुलोको सरसफाई, वनमा बोट विरुवा रोप्ने लगायतको काममा रोजगारी दिइने गाउँपालिकाका रोजगार संयोजक कुन्दन कुमार चौधरीले बताए । उनको अनुसार वेरोजगारीमा सुचिकृत भएकामध्ये विपन्न नागरिकहरुलाई सार्वजनिक काममा साँझेदारी गरेर  १०० दिने रोजगारी मिलाइने छ ।

यसवर्ष कामदारको ज्याल रकम बढेको तर बजेट भने नबढेर नआउँदा गत वर्षको तुलनामा कम व्यक्तिलाई रोजगारी दिन सकिने उनले पालिकाखबरलाई बताए ।