अर्घाखाँची– शहीद परिवार समाज नेपालले दुई जना कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै समाजले सामुदायिक सहजकर्ता पदमा दुईजना कर्मचारी माग गरेको हो ।
हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सुनछहरी गाउँपालिकामा सञ्चालन भइरहेको साना किसान तथा युवा उद्यमशिलता विकास साझेदारी परियोजनाका लागि कर्मचारी माग गरेको शहीद परिवार समाज नेपालले जनाएको छ ।
सूचनाअनुसार आवेदनको दिन इच्छुक नेपाली नागरिकले यही असोज १८ गतेसम्ममा आवश्यक कागजातसहित गाउँपालिकाको पशु सेवा शाखामा आवेदन दिन सक्नेछन् ।