close

सडक सरसफाई र मर्मतका लागि ४० जनालाई राेजगारी

सडक सरसफाई र मर्मतका लागि ४० जनालाई राेजगारी

Trulli
ADVERTISEMENT

म्याग्दी - रघुगंगा गाउँपालिकाले बेरोजगार युवालाई रोजगारी दिने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८० /०८१ को स्वीकृत कार्यक्रमअनुरुप रोजगारी दिन लागेको हो । 

नेपाल सरकारको ससर्त अनुदान र पालिकाको आन्तरिक बजेटबाट रोजगारी दिने गाउँपालिकाको रोजगार शाखाकी रोजगार संयोजक पवित्रा भण्डारीले पालिकाखबरलाई बताइन् । सो कार्यक्रमको लागि चालू आवमा ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाइन्  । 

गाउँपालिकाले ४० जना युवालाई १०० दिने रोजगार, सडक सरसफाई र मर्मत तथा सिँढी निर्माण गर्न लगाउने उनले बताइन् । गाउँपालिकामा बेरोजगारीमा सूचीकृत भएका १८ देखि ५९ वर्षसम्मका व्यक्तिलाई सो कार्यक्रमबाट समेट्ने उनको भनाइ छ ।