पाल्पा– रैनादेवी छहरा गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
सूचनाका अनुसार अधिकृतस्तर छैठौँ तहमा कृषि अधिकृत एक जना, सहायक चौँथो तहमा फिल्ड सहायक, नायब प्राविधिक सहायक र अमिन एक/एकजना गरी ४ जना कर्मचारी माग गरिएको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा आवश्यक कागजातसहित कार्यालयको समयमा आवेदन दिन सक्ने पालिकाले जनाएको छ ।