भोजपुर– टेम्केमैयुङ गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदमा चारजना कर्मचारी माग गरेको हो ।
गाउँपालिकाले अधिकृतस्तर छैठौँ तहमा कृषि प्राविधिक र रोजगार संयोजक एक/एक जना तथा सहायकस्तर पाँचौँ तहमा प्राविधिक सहायक र सब–ईन्जिनियर एक/एक जना कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित मितिले १५ दिन भित्रमा पालिकाको माग बमोजिमका विवरण र राजश्व तिरेको रसिदसहित कार्यालयमा आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।