मोरङ - लेटाङ नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले स्वास्थ्य संस्थाहरुमा रिक्त पदमा कर्मचारी माग गरेको हो ।
नगरपालिकाले शनिबार एक सूचना जारी गरी ६ जना कर्मचारी माग गरेको हो । सूचनाको अनुसार स्थायी पदपूर्ति नभएका पालिकाभित्रका स्वास्थ्य संस्थामा मेडिकल अधिकृत एक जना, स्टाप नर्स एक जना, हेल्थ असिष्टेन्ट एक जना र अहेव पद ३ जना गरी ६ जना कर्मचारी माग गरेको हो ।
लोक सेवा आयोगबाट २०७८/०७८ देखि वैकल्पिक तथा स्थायी योग्यताका क्रममा सिफारिस भएकाहरुले सूचना प्रकाशित भएको सात दिन भित्र आवश्यक कागजातसहित निवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ । सूचनाको अनुसार भाद्र ३० गतेभित्र इच्छुक व्यक्तिले नगरपालिकामा आवेदन दिन सक्नेछन् ।
प्रवेश पत्र नेपाली नागरिकता प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, वैकल्पिक वा स्थायी योग्यताक्रमामा सिफारिस भएको विवरण, सम्बन्धित स्वास्थ्य व्यावसायी परिषद्मा दर्ता नविकरणको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।