काभ्रेपलाञ्चोक। महाभारत गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ। गाउँपालिकाले शुक्रबार एक सूचना प्रकासित गर्दै २ जना करार सेवामा कर्मचारी माग गरेको छ ।
छैठौं तहको रोजगार संयोजक पदमा एक जना र चौँथो तहको अ.हे.व पदमा एकजना कर्मचारी माग गरिएको हो। सो पदमा काम गर्न इच्छुक योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन पेश गनृ गाउँपालिकाले अनुरोध गरेको छ। गाउँपालिकाले सुचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न सकिने जनाएको छ।