म्याग्दी । अन्नपूर्ण गाउँपालिकाले ज्यालादारी कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै एक जना ज्यालादारी कर्मचारी माग गरेको हो ।
गाउँपालिकाको अनुसार गत चैत्र ८ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार कार्यालय सहयोगी ज्यालादारीमा नियुक्ती गर्नुपर्ने निर्णय गरेको हो । सुोही निर्णय बमोजिम ज्यालादारीमा एक जना कर्मचारी माग गरेको जनाइएको छ ।
इच्छुक व्यक्तिले आवश्यक कागजातसहित बैशाख १७ गतेसम्म आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । ४०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।
अन्तवार्तामार्फत योग्य व्यक्तिलाई छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ । छनौट भएका व्यक्तिलाई दैनिक ५६६.६६ रुपैयाँको दरले मासिक १७००० रुपैयाँ पारिश्रमिक दिने गाउँपालिकाले जनाएको छ ।