close

गाउँपालिका अनुदानमा एक जना शिक्षक माग

गाउँपालिका अनुदानमा एक जना शिक्षक माग

Trulli
ADVERTISEMENT

रोल्पा । लुङ्ग्री गाउँपालिकाले अनुदानमा शिक्षक माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै अनुदानमा एक जना शिक्षक माग गरेको हो । 

गाउँपालिकाको अनुसार वडा नम्बर ३ स्थित श्री भूमिका प्राविमा प्राथमिक तहको गाउँपालिका अनुदान शिक्षक पदको खुल्ला प्रतिस्प्रर्धाबाट शिक्षक करार सेवमा माग गरिएको जनाएको छ । योग्य व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुबीच लिखित, अन्तर्वार्ता तथा आवश्यकताको आधारमा प्रयोगात्मक मार्फत योग्य व्यक्ति छनौट गरिने सूचनामा उल्लेख गरिएको छ ।