नुवाकोट। शिवपुरी गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलनका लागि गणकको माग गरिएको छ। परिवर्तनका निम्ती सहकार्य नेपाल संस्थाले पालिकाभित्र बसोबास गर्ने अपांगत भएका व्यक्तिको तथ्यांक संकलन गर्न लागेको हो। यसको लागि ८ जना गणक र एकजना सुपरभाइजर १५ दिनको लागि संस्थाले माग गरेको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले वैशाख १४ गतेभित्र संस्थामा निवेदन दिन सक्नेछन्। आवेदन दिएका मध्ये छानिएका व्यक्तिलाई अन्तर्वतामा बोलाई छनौट गरिने छ । छनौटमा परेका व्यक्तिलाई एक दिनको तालिम दिइ काममा खटाइने संस्थाले जनाएको छ।