सल्यान । सिद्धकुमाख गाउँपालिकामा करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो ।
गाउँपालिकाको अनुसार वडा नम्बर २ को भडारेमा सञ्चालित सामुदायिक स्वास्थ्य इकाइको लागि १ जना कर्मचारी माग गरेको हो । गाउँपालिकाले सहायकस्तर चौथों तहमा अनमी पदमा कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । आवश्यक कागजातसहित ३०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने छ ।
आवेदकहरुबीच लिखित र अन्तर्वार्ता विधिमार्फत योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।