चितवन । माडी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको हो ।
नगरपालिकाको अनुसार पालिकाले सहायक चौथों तह अमीन पदको लागि एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगको व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।
१००० रुपैयाँ दस्तुरी तिरी बैशाख ८ गतेभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरु बीच खुल्ला प्रतिस्प्रर्धा गराई एक जना योग्य व्यक्ति छनौट गरिने नगरपालिकाले जनाएको छ ।