बर्दिया । बढैयाताल गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै अनमी पदमा एक जना कर्मचारी माग गरेको हो ।
गाउँपालिकाको अनुसार सोरहवा प्राथमिक स्वास्थ्य केन्द्रको प्रसुति केन्द्रमा काम गर्नको लागि अनमीमा करार सेवामा कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।
आवश्यक कागजातसहित चैत २८ गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवेदकहरुबीच लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षामार्फत योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।