मुस्ताङ । लोमन्थाङ गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो ।
गाउँपालिकाको अनुसार पालिकाले ल्याब असिस्टेन्ट, वैध र अनमीमा करार सेवामा कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।
३०० रुपैयाँ दस्तुर तिरी आवेदन दिनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने गाउँपालिकाले जनाएको छ ।