इलाम । सुर्योदय नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो ।
नगरपालिकाको अनुसार शिक्षा तथा पुस्तकालय विज्ञान सेवामा एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।
आवेदकहरुबीच लिखित, मौखिक र प्रयोगात्मक परिक्षामार्फत योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।