इलाम । माइ नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको हो । नगरपालिकाले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
नगरपालिकाको अनुसार एमडिजिपी पदमा एक जना, पशु चिकित्सक एक जना र जनरल फरेष्ट्रिमा एक जना गरी तीन जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । आवेदकहरुबीच खुल्ला रुपमा प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने सूचनामा उल्लेख गरिएको छ ।