चितवन । कालिका नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै रोजगार संयोजक सेवामा कर्मचारी माग गरेको हो ।
नगरपालिकाको अनुसार छैठौं अधिकृत स्तरमा पालिकाले कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।
पालिकामा आवेदन परेका व्यक्तिहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनोट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।