दैलेख । गुराँस गाउँपालिकामा करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो ।
गाउँपालिकाको अनुसार सूचना प्रविधि अधिकारी, फिल्ड सहायक र उद्यम विकास सहजकर्ता पदमा ३ जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।
५०० रुपैयाँको दस्तुर तिरी चैत्र १३ गतेभित्र आवेदन दिनपर्ने गाउँपालिकाले जनाएको छ । सो दिन पश्चात आउन आवेदनमा मान्य नहुने गाउँपालिकाले सो सूचनामा उल्लेख गरिएको छ ।