बारा । पचरौता नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले विभिन्न पदमा कर्मचारीमा माग गरेको हो ।
सूचना अनुसार नगरपालिकाले गुनासो सुनुवाई गर्ने अधिकारीमा २ जना, किसान सूचीकरण सहजकर्तामा ७ जना, कानुन अधिकृत र रोजगार सहायकमा १/१ जना गरी ११ जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नागरिकले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । आवश्यक कागजातसहित निश्चित दस्तुर बुझाएर आवेदन दिन सक्ने नगरपालिकाले सो सूचनामा उल्लेख गरिएको छ ।