चितवन । कालिका नगरपालिकाले पदपूर्ति गर्न लागेको करारका प्राविधिक कर्मचारीको परीक्षा स्थगित गरेको छ ।
निर्वाचन आचारसंहिता लागू भएको भन्दै गत असोज ४ गते कर्मचारी माग गरेको थियो । तर संघ र प्रदेशको निर्वाचन आचारसंहिता लागू भएको भन्दै अर्को सूचना प्रकाशन नभएसम्म परिक्षा स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यसअघि यही १३ र १४ गतेका लागि प्राविधिक कर्मचारीको परीक्षा मिति निर्धारण गरेको थियो ।