close

कृषि विकास बैंकले माग्यो १५२ जना कर्मचारी

कृषि विकास बैंकले माग्यो १५२ जना कर्मचारी

Trulli
ADVERTISEMENT

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा १५२ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै ९ वटा पदको लागि कर्मचारीको माग गरेको हो ।

बैंकले शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कुल १५२ जनाको माग गरेको छ ।

आगामी साउन १२ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।