close

नेपाल राष्ट्र बैंकमा ३७ र नेपाल आँखा अस्पतालमा ७ जनालाई जागिरको अवसर

नेपाल राष्ट्र बैंकमा ३७ र नेपाल आँखा अस्पतालमा ७ जनालाई जागिरको अवसर

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेको पिपा र सवारी चालक पदका लागि कर्मचारी माग गरेको छ । 

इच्छुक तथा योग्यता पुगेको व्यक्तिले असार २२ देखि साउन ४ गतेभित्र बैंकले तोकेको अनलाइनमार्फत् फारम भर्न सकिने बैंकले जनाएको छ ।

बैंकले पिपा पदका लागि १६ जना, हल्का सवारी चालक १४ जना र बस चालक भने ७ जना गरी ३७ कर्मचारीको माग गरेको हो । 

त्यस्तै, नेपाल आँखा अस्पतालले डाक्टर, नर्ससहितका कर्मचारी खोजेको छ। अस्पतालले ३ जना एमडी डाक्टर, २ जना स्टाफ नर्स र दुई अन्य कर्मचारी माग गरेको हो।