काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम मुलुकका ७७ जिल्लामै विस्तार भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङमा समेत कोषको शाखा विस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लामा लागू भएको हो ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औँ बैठकले थप २ जिल्ला मनाङ र मुस्ताङमा उक्त कार्यक्रम विस्तार गर्ने निर्णय गरेको हो ।
कोषको अध्यक्षको हैसियतमा बोर्डको पहिलो बैठक बोलाएका मन्त्रीले देशभरका युवालाई स्वरोजगार बनाउने उद्देश्यले थप २ जिल्लामा उक्त कार्यक्रम लागू गर्न निर्देशन दिए । २०६५ मा स्थापना भएको कोषले युवालाई सहुलियत दरमा कर्जा प्रवाह गर्दै आएको छ ।