धनुषा(सहिदनगर)- धनुषाको सहिदनगर नगरपालिकाभित्रका युवालाई स्वरोजगार बनाउन क्षमता अभिवृद्धि तालिम दिन सुरु गरिएको छ ।
आर्थिकोपार्जन कार्यक्रमअन्तर्गत स्वरोजगारीको संख्या वृद्धि गर्न नगरभित्रका युवालाई १५ दिने इलेक्ट्रिसियन तालिम दिन लागिएको हो
नगरप्रमुख उदयकुमार बरबरिया यादवले तालिम उद्घाटन गरे । नगरपालिकाको ९ वटै वडाबाट २५ जना सहभागी युवालाई इलेक्ट्रिसियनले तालिम दिनेछन् ।
सहभागीलाई हाउस वायरिङ, साधारण वायरिङ गरी विद्युतीय जडानसम्बन्धी तालिम दिइनेछ ।
उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत?घ्न यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीप भट्टराईलगायत प्रशिक्षकको सहभागी थिए ।