close

बर्दघाटमा आगामी वर्ष शत प्रतिशतलाई शुद्ध खानेपानी

बर्दघाटमा आगामी वर्ष शत प्रतिशतलाई शुद्ध खानेपानी

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम - बर्दघाट नगरपालिकामा ८० प्रतिशत नगरवासीले शुद्ध खानेपानी उपभोग गरेका छन् । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नगर प्रमुख धीरज शर्मा बस्यालले ८० प्रतिशत नगरवासीले शुद्ध पानी उपभोग गरेको र अब आगामी वर्षभित्र शत प्रतिशत पुर्‍याइने जानकारी दिए ।

 

उनले त्यो कार्यका लागि नगरले खानेपानी योजना थप गर्दै लगेको बताए । ‘नगरले वडावडामा खानेपानी योजना निर्माण गरिरहेको छ’, उनले भने ।


वडा- ४ मा ९९ प्रतिशतले पिउँछन् शुद्ध पानी


बर्दघाट- ४ मा ९९ प्रतिशत वडावासीले शुद्ध पानी उपभोग गर्दै आएका छन् । मुख्य बजार क्षेत्र रहेको यस वडामा ९९ प्रतिशतले स्वच्छ खानेपानी उपभोग गर्दै आएका हुन् । 


यस क्षेत्रकै नमुना मानिने बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक विष्णुकुमार भुसालले वडामा तीन हजार ६०५ घरधुरीले स्वच्छ खानेपानी उपभोग गरेको बताए । ‘नयाँ बनेका २५-३० घरमा खानेपानी धारा छैनन् होला’, उनले भने, ‘अरू सबैमा धारा जडान भएको छ ।’


खानेपानीले विपन्नलाई निःशुल्क धारा र किस्ताबन्दीमा धारा जडानको कार्यक्रमसमेत गरेको संस्थाका अध्यक्ष धातानन्द बस्याल बताउँछन् ।


बर्दघाट- ४ का वडा अध्यक्ष हमालले विपन्नताका कारण धारा जडान गर्न नसक्ने अवस्था वडामा नभएको दाबी गरे । ‘विपन्नतामा कारण खानेपानी जोड्न नसक्ने अवस्था छैन’, उनले भने ।


यस्ता छन् नयाँ योजना 


बर्दघाट नगरपालिका- ४ बाढीपीडितमा १३ करोड ५० लाख ५७ हजार रुपैयाँमा ओभरहेड ट्याङ्की बन्ने भएको छ । संघीय खानेपानी तथा सरसफाइ विभागको योजनामा बन्ने उक्त ट्याङ्कीको निर्माणका लागि प्रक्रिया सुरु भएको संस्थाले जनाएको छ । 


‘ओभरहेड ट्याङ्की ३५ किलोमिटर पाइपलाइन संरचनासहितको यो योजना हो’, व्यवस्थापक भुसाल भन्छन्, ‘३७ लाख २४ हजार ४५१ कर तथा भ्याटबाहेकको एउटा योजना सम्पन्न भएको छ ।’


बढ्दो जनघनत्वका कारण पानी उपभोग गर्ने संख्यालाई मध्यनजर गर्दै बर्दघाट बजारमा खानेपानी योजना वृद्धि गरिएको हो ।