काठमाडाैं- अण्डाको नयाँ समर्थन मूल्य आज (बिहीवार)बाट लागू हुँदैछ ।
नयाँ समर्थन मूल्यअनुसार मध्यम साईजका अण्डाको प्रतिक्रेटको मूल्य ३७५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, ठूलो अण्डा प्रतिक्रेटको मूल्य ३९० रुपैयाँ र एक्सएल अण्डा प्रतिक्रेट ४५० रुपैयाँ कायम गरिएको छ ।
काठमाडौं नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको हो ।