काठमाडौं– राष्ट्र बैंकको ‘वित्तीय साक्षरता नीति’ अवलम्बन गर्दै नेपाल–बंगलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा क्याम्पसका १७० विद्यार्थीलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो । उक्त अवसरमा बैंकका भोजपुर शाखा प्रमुख विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपादेयिताबारे विद्यार्थीलाई जानकारी गराएको बैंकले जनाएको छ । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, ८४ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।