काठमाडौं– गरिमा विकास बैंकले लुम्बिनी प्रदेश बर्दियाको भुरिगाउँ शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको छ । भुरीगाउँबाट अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।
शाखा विस्तारपछि भुरीगाउँ आसपासनका नागरिकलाई बैंकिङ कारोबार सहज हुने विश्वास बैंकको छ । नेपालभर बैंकिङ सेवा उपलब्ध गराउन बैंकले शाखा विस्तारलाई प्राथमिकतामा दिँदै आएको छ । हाल बैंकले ११६ शाखा, १ एक्सटेन्सन काउन्टर र ५१ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।