काठमाडौं– सानिमा बैंकले ग्राहक लक्षित दसैँ धमाका योजना सार्वजनिक गरेको छ । अनलाइन बजार दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।
योजनाअन्तर्गत बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले सुलभ ब्याज दरमा मासिक किस्ताबन्दी सुविधा प्राप्त गर्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकमध्ये पहिलो आउनेलाई पहिलो सेवाको आधारमा छुट दिइने बैंकले बताएको छ । हाल बैंकले १०६ शाखा, ९७ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।