काठमाडौं - नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट ऋण लिन सकिने सुविधा सुरु गरेको छ । सुविधापछि तलबी खातावाहक ग्राहकले आवश्यकताअनुसार १ लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले यो सुविधा एफवान सफ्ट इन्टरनेसनल प्रालिको सहकार्यमा ल्याएको हो । यो सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ बाट खातामा ऋण उपलब्ध गराइनेछ ।
सुविधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्नेछ भने यस्तो ऋण छोटो अवधिका लागि उपलब्ध रहने बैंकले बताएको छ ।
बैंकका अनुसार कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स ऋण लिन चाहने ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रियाबिनै आफ्नो स्मार्ट बैंक एप प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् ।
इन्स्ट्यान्ड लोनका लागि बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्नेछ । बिनाधितो ऋण लिन ग्राहकको बैंकिङ कारोबारसँग निहित भएकाले कुनै अतिरिक्त धितो आवश्यक पर्ने छैन ।
योजनाअन्तर्गत १ लाखसम्म ऋणको सुविधा लिन सकिने बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहले बताए ।
हाल बैंकले १ सय १९ शाखा तथा १ सय ८४ वटा एटिएम सञ्जालमार्फत सेवा दिँदै आएको छ ।