मुगु– सोरु गाउँपालिकाले सामुहिक खेतीमा आबद्ध हुन चाहने किसानलाई ओखरको विरुवा वितरण गर्ने भएको छ । गाउँपालिकाले सामुहिक खेती गर्ने कृषकलाई जापानी जातको विरुवा वितरण गर्न लागेकाे हाे ।
गाउँपालिकामा दर्ता भएका २२ कृषक समूहलाई ओखरको विरुवा वितरण गर्ने जनाइएकाे छ । फागुन महिनामा सामुहिक खेतीमा आबद्ध किसानलाई जापानी जातको ओखरको विरुवा वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत तिर्थराज शाहीले बताए ।
उनकाअनुसार गाउँपालिकामा जग्गा जमिन भएको र व्यवसायिक रुपमा ओखर खेती गर्ने किसानलाई जापानी जातको दाते ओखरको विरुवा वितरण गरिने छ । हालसम्म गाउँपालिकामा २०/२२ कृषक समूह दर्ता भएको पालिकाखबरलाई बताए ।
हाससम्म गाउँपालिकामा पराम्परागत हाडे ओखरको खेती गर्दै आए पनि ओखरको बजारीकरण गरिएको थिएन । सो ओखर घरयासी परियोजनमा मात्र प्रयोग गरिदै आएको उनले बताए । यसका साथै गाउपालिकाको वडा नं. ६ लाई 'ओखर पकेट क्षेत्र' घोषणा गरेको छ । गाउँपालिकाले शसर्त अनुदानबाट ३० लाख बजेट विनियोजन गरेको छ ।