रामेछाप– दोरम्बा शैलुङ गाउँपालिकाले किवी खेती विस्तार कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत किवी खेती विस्तार कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको हो ।
वडा नं १ मा सो कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै जनाएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक वडाको कृषक, कृषक समूह, कृषि उद्यमी, कृषि सहकारीले २१ दिनभित्र आवेदन दिइसक्नुपर्ने गाउँपालिकाले जनाएको छ ।